एउटै फिल्ममा देखिदै निश्चल र स्वस्तिमा

रियल कपल निस्चल बस्नेत र स्वस्तिमा खड्का पर्दामा एकसाथ देखिने भएका छन् ।

हेमराज बिसीको निर्देशनमा बन्न लागेको फिल्म ‘घामट सेरे‘ मा यी दुई अनुबन्धित भएका हुन् । हाल वर्कसप चलिरहेको फिल्म वैशाख देखि फ्लोरमा जाने तयारीमा रहेको छ । फिल्ममा अन्य कलाकार भने फाइनल भैसकेका छैनन् । औपचारिक घोषणा हुन बाँकी रहेको फिल्मको छायाँकन पश्चिम नेपालमा गरिनेछ ।