अस्पताल भर्ना भएका बलिउड अभिनेता ऋषि कपुरको निधन

काठमाडौं – बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वास सम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो । उनको क्यान्सरको उपचारको चलिरहेको थियो । बलिउडका महानायक अभिताभ बच्चनले उनको मृत्युबारे लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’ बुधबार मात्रै बलिउड फिल्मी जगतका अर्का एक हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।