बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि

अमिताभ बच्चनलाई शनिबार साँझ नानावती अस्पतालमा भर्ना गरिएको छ । उनको कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएको छ । उनले आफै सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।

‘आज (शनिबार) साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’

उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन आग्रह गरेका छन् । अमिताभ पछिल्लो पटक सुजीत सरकारको ‘गुलाबो सिताबो’मा देखिएका थिए । कोरोना महामारीका कारण यो फिल्म अमाजोन प्राइम भिडियोमा रिलिज गरिएको थियो । उनी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ सिजनको होस्टका रुपमा पनि देखिँदै थिए ।