ती काला दिनहरू सम्झिएर म रोएँ : सन्नी लियोनी

हाल सन्नी लियोनी आफ्नो जीवनीमाथि बनिरहेको ‘करनजीत कौर-द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को अन्तिम तयारीमा जुटिरहेकी छिन्। अन्तिम तयारीमा जुटिरहेकी सन्नीले बितेका दिनका केहि काला अध्यायहरू सम्झिदां आँखामा आँशु आउने गरेको बताएकी छन्।

‘जीवनका ती काला दिनहरू फेरि एकपटक याद गर्नु मेरा लागि सहज थिएन। म ती दिनहरूलाई नराम्रो सपना मानेर छिट्टै बिर्सन चाहन्छु। जुनबेला मेरी आमाको निधन भयो त्यतिबेला मेरा पिता क्यान्सरसँग जुँधिरहनुभएको थियो। त्यसको केहि समयपछि उहाँ पनि बित्नुभयो। मैले विवाह गरें अनि मलाई एउटा भारतीय टिभी शोमा आउने आमन्त्रण मिल्यो। यी सबै छिटोछिटो भए’, उनले भनिन्।

‘केहि परिस्थिति दुखदायक थिए, जसलाई म यादै गर्न चाहन्न। सुटिङको बेला मैले आफूलाई सम्हाल्नै सकिन, म रोएँ। म रोएको देखेर मेरा पति डेनियल वेबरसमेत डराए। उनी अशाहय महशुस गरिरहेका थिए किनकी उनले मेरा जीवनका ती काला पानाहरू ठीक गर्न सक्दैनथे। आफ्ना परिवारलाई गुमाउनु एकदमै डरलाग्दो कुरा हो’, उनले अगाडी थपिन्।

सन्नीको बायोपिक वेव सिरिज जी फाइभ ओटिटिमा आँउदो शुक्रबार सार्वजनिक हुँदैछ।

‘जिस्म २’बाट बलिउडमा डेब्यू गरेकी सन्नीले त्यसयता ‘एक पहेंली लिला’, ‘रईस’ तथा ‘वान नाइट स्ट्याण्ड’ लगायतका सिनेमामा काम गरेकी छन्। पछिल्लो पटक उनी अभिनित सिनेमा ‘तेरा इन्तजार’ सन् २०१७ मा रिलिज भएको थियो।

उनी छिट्टै मलयालम सिनेमाका सुपरस्टार माम्मुटीसँग ‘मधुरा राजा’मा देखिदैं छिन् भने ‘रंगीला’ सिनेमामा उनी मूख्य भूमिकामा अभिनय गर्नेछिन्।