भारतमा सीमा पुलिस बलका जवान बीच गोली हानाहान हुँदा ६ जनाको मृत्यु

नयाँ दिल्ली – भारतको छत्तिसगढमा सीमा पुलिस बलका जवान बीच एक क्याम्पमा गोली हानाहान हुँदा ६ जनाको मृत्यु भएको छ ।

अन्य केही जवान घाइते रहेको र हेलिकोप्टर मार्फत अस्पताल लैजाने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् ।

माओवादी प्रभावित छत्तिसगढको नारायणपुर जिल्लामा भारत तिब्बत सीमा पुलिस बलको एक क्याम्पमा आपसी गोलाबारी भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। नारायणपुर जिल्लाका एससी मोहित गर्गले जीवनबीच बुधबार बिहान ८ बजे गोली हानाहान भएको पुस्टि गर्दै केही जवान गम्भीर घाइते रहेको बताउँनु भएको छ ।

आफसी फायरिङमा ज्यान गुमाउँने जवानहरू भारत९तिब्बत सीमा पुलिस बल को ४५ औं बटालियन हुन् । स्थानीय प्रशासनका अनुसार आपसी विवादमा एक जवानले फायरिङ् गरेका हुन् । उनको गोली लागेर अन्य ५ जनाको मृत्यु भएको बताइएको छ ।

उनले आफैलाई समेत गोली हाने आत्महत्या गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।