ट्रम्पलाई किमको स्वास्थ्य लाभको कामना

सोल – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दम्पती कोरोनाभाइरस संक्रमण भएको खबर सार्वजनिक भएपछि उनीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यस्तैमा अमेरिकाको दुश्मनको रुपमा चिनिने उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित सन्देश पठाएका छन् । नेता किमले शनिबार ट्रम्प र उनकी पत्नी मेलानियालाई संक्रमणबाट छिट्टै मुक्त होउन् भन्दै शुभेच्छा सन्देश पठाएकी हुन् ।

‘उनले राष्ट्रपति र फस्र्ट लेडीलाई आफ्नो समवेदना प्रकट गरे,’ कोरियाको आधिकारिक समाचार एजेन्सी केसिएनएले जनाएको छ । ‘उनले गम्भीर रुपमा आशा गरेका छन् कि, उनीहरु छिट्टै सन्चो हुनेछन्, उनीहरु पक्कै यसबाट मुक्त हुनेछन्, उनले न्यानो माया सहितको सन्देश पठाए,’ रिपोर्टमा उल्लेख छ ।

दक्षिण कोरियाली योनप न्युज एजेन्सीका अनुसार नेता किमले कोरोना संक्रमण लागेका अरु पनि विश्व नेताहरुलाई समवेदना प्रकट गरेका छन् । ट्रम्पले गत शुक्रबार मात्रै आफू र पत्नी मेलानियालाई कोभिड १९ को संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । त्यसपछि उनीहरु क्वारेन्टाइनमा बस्ने तयारी गरेका छन् ।