एनआरएन एनसीसीको ‘युथ को–अर्डिनेटर’ मा प्रितम कुसियैतको उम्मेदवारी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएन) एनसीसी अमेरिकाको निर्वाचन आगामी मे महिनाको १८ र १९ तारिखमा हुन गइरहेको छ ।

युरोप तथा मध्य पूर्वका देशहरुलगायतमा फैलिएको गैर आवासीय नेपाली संघ (एनआरएन) एक सामाजिक संस्थाका रुपमा परिचित छ र संस्थाले नेपालमा धेरै कामहरु समेत गरेको छ । यस्तैमा (एनआरएन) एनसीसी अमेरिकाको निर्वाचनमा प्रितम कुसियतले ‘युथ को–अर्डिनेटर’मा उम्मेद्वारी दिएका छन् । उनलाई प्रस्ताब भने कृष्ण प्रसाद बर्तौला गरेका हुन् भने समर्थनमा उज्वल खत्री छन् ।

उम्मेदवारी दर्ता गर्दै उनले अमेरिकामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई सामाजिक क्षेत्रमा सेवाभाव जगाउँदै एनआरएनएमा सहभागिता अभिवृद्वि गर्ने उद्देश्य रहेको बताए । उनले भने, ‘यो उद्देश्यहरु पूरा गर्न म सँग स्पष्ट रुपमा योजनाहरुको खाका छ ।’

‘युथ को–अर्डिनेटर’ का प्रत्याशी कुसियतले पुरा हुन नसकेका कार्यलाई पुरा गर्ने र सबै तह र तप्कालाई साथमा लिएर एनआरएनलाई नयाँ उचाइमा पु¥याउने चुनावी एजेन्डा अघि सारेका छन् । उनले भने, ‘एनसीसीलाई विवादमुक्त संस्था बनाउनेछु ।’ त्यसै गरि अमेरिका भरिको युवाहरुलाई मुलधारमा ल्याउन आफुले सक्दो काम गर्ने प्रतिबद्धता गरेका छन् ।

अमेरिकामा रहेर धेरै नेपालीलाई रोजगार दिइराखेका उनी सफल युवा व्यवसायी हुन् । हाल अमेरिकाको सिकागो शहरमा बस्दै आएका छन् । उनले युनाइटेड नेप्लिस एसोसियसनमा UNA-MID WEST REGIONAL CORDINATOR को अनुभव बटुलिसकेका छन् र ” यो संस्थामा लाग्नु पनि उनको मुख्य उद्देश्य अमेरिकामा रहेका युवाहरुलाई एकिकृत गरेर मूलधारमा ल्याउनु हो”,उनले बताए ।
उनी USA IT CORPORATION का संचालक हुन् ।

एनआरएन एनसीसी मा युवा नेत्रित्व को कमि भैरहेको बेला यस्ता युवा होमिनु सबैले प्रशंसा योग्य रहेको बताए ।