सम्झना कामी हत्या प्रकरण: त्रिशुलले हानेर हत्या गरेको बोहोराको बयान

धनगढी – बझाङको मष्टा गाउँपालिका–२ खिकालामा सीम मन्दिरभित्र गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा सम्झनाको शव भेटिएको थियो। बुधबार साँझ साढे ५ बजे घरबाट गाई-गोरु गोठभित्र बाँध्न निस्केकी थिइन्।

उनी गोठमा गएको एक घन्टाभित्र घर आइपुग्थिन्। तर बुधबार साँझ भने उनी दुई घन्टासम्म पनि फर्किनन्। नातिनी घर नफर्केपछि हजुरबुवा गोरख खोजीमा निस्किए, जताततै खोजी गर्दा पनि फेला पार्न सकेनन्। त्यसपछि उनले गाउँलेलाई गुहारे। गाउँलेहरू मिलेर सम्भावित ठाउँमा हेर्दा पनि सम्झना कतै भेटिइन्। त्यसपछि गोठ नपुग्दैको सिम देवता मन्दिर गए। त्यहाँ बलात्कारपछि हत्या गरिएको अवस्थामा सम्झनाको शव भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय बझाङले सम्झनाको हत्यामा संलग्न भएको आशंकामा विहीबार २० वर्षीय राजेन्द्र बोहोरालाई पक्राउ गरेको थियो । घटनामा संलग्नता हुन सक्ने आशंकामा राजेन्द्रलाई पक्राउ गरि प्रहरीले सोधपुछका क्रममा हत्या राजेन्द्रबाटै भएको भन्ने प्रमाण भेटिएपछि प्रहरीले थप अनुसन्धान अगाडी बढाएको थियो।

मन्दिरभित्र रहेको धारिलो हतियार (त्रिशुल)ले हिर्काएर सम्झना कामीको हत्या गरेको​ आरोपित राजेन्द्र बोहोराले बयान दिएका छन्‌। पक्राउ परेका बोहोराले मन्दिरभित्र रहेको धारिलो हतियार (त्रिशुल)ले हिर्काएर सम्झनाको हत्या गरेको बयान दिएको बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए।