प्रदेश १ का १८ कोरोना संक्रमित निको भएर घर फर्किए

मोरङ – प्रदेश–१ का १८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १८ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका हुन् ।
कोरोना संक्रमित
डिस्चार्ज हुनेमा धरानकी एक महिला हुन् भने १७ जना झापाका हुन् । उनीहरुलाई हिजो सोमबार राति करिब साढे ९ बजे प्रतिष्ठानबाट विदाई गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयाे । दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरेर घर पठाइएको हो । उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलगायतले विदाई गर्नुभएकाे थियाे ।

धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरुलाई बसमा पठाइएको प्रतिष्ठानले जनाएको छ ।