विराटनगरमा बिजुलीका पोलमा फूल सहितको गमला र डस्टबिन

विराटनगर – विराटनगरको सन्दरतालाई बढाउन महानगरपालिका भित्रका सडकका बिजुलीका पोलमा फूल सहितको गमला र फोहोर संकलन गर्ने डस्टबिन राख्न थालिएको छ

विराटनगरको रोटरी क्लव अफ विराटनगर डाउन टाउनले महानगरपालीकासँग सहकार्य गर्दै आईतबारबाट फूलका गमला र डस्विन राख्ने अभियान सुरुवात गरिएको क्लवकी अध्यक्ष अर्चना तापडियाले जानकारी दिईन् । महानगर भित्रका भर्खरै निर्माण भएका सडकछेउका पोलहरुमा फूलसहितका गमला राख्न थालिएको छ ।

तीनपैनी चौकदेखि ट्राफिक चौकसम्म ९० पोलमा गमला र डस्टबिन राखिएको क्लवकी अध्यक्ष तापडियाले बताईन् । गमला र डस्विन राख्ने अभियानमा महानगर मेयर भीम पराजुली , उप मेयर ईन्दिरा कार्की लगायत क्लवका पदाधिकारीहरुको सहभगिता रहेको थियो ।