सुत्केरीले प्रहरीलाई फोन गरेर खान नपाएको गुनासो गरेपछि…

ललितपुर – बन्दाबन्दीपछि खान नपाएको गुनासो गर्दै प्रहरीलाई थुप्रै फोन आइरहेका छन् ।

यसैबीच दुई दिनपहिला एक महिनाकी सुत्केरीले फोन गरेर खान नपाएको गुनासो गरिन्। उनी थिइन् खुमलटार बस्दै आएकी सबिता डुम्रे एक महिने उनका श्रीमान मजदुरी गर्थे। त्यसैबाट आएको पैसाले गुजारा गर्दै आएका थिए ।

बन्दाबन्दीले श्रीमानको काम खोसियो भोकै पर्ने भएपछि उनी राहत माग्न वडामा पुगिन तर वडाको प्रक्रिया लामो र भरपर्दो नभएको उनले बुझिन र प्रहरीबाट तुरुन्त सहयोग पाउने आशामा उनले फोन गरेकी थिइन ।

डुम्रे बस्दै आएको ठाउँमा पुगेर प्रहरीले चामल, दाल, नुन, मसला लगायत सामग्री उपलब्ध गराएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले जानकारी दिए। राहत वितरण गर्ने सम्पूर्ण जिम्मा वडालाइ दिइए पनि प्रहरीकोमा निरन्तर फोन आइरहेको उनले बताए ।

धेरै जसो भाडा तथा सडकमा बस्दै आएकाहरु प्रहरीलाइ फोन गर्छन । दैनिक ६,७ जनाले फोन गर्ने गरेको र संख्या बढ्दै गइरहेको राईको भनाइ छ । ‘राहत चाहियो भनेर सयौं कल आइरहन्छन’उनले भने–साँच्चै मर्कामा परेकाहरुको पहिचान गरी खानेकुरा वितरण गर्दै आएकाछौ ।’ लगनखेलमा ६९ जना सडकमा बस्नेहरुलाई खाना खुवाइएको राईले जानकारी दिए। अन्य ४० परिवारलाई राहत दिएको उनले जनाए । राईका अनुसार सम्बन्धि वडामा सम्पर्क गर्दा कुपन दिइसकेको भन्ने गरेका छन्।

जुम्ला बाट अध्ययनका लागि काठमाडौ आएका २२ वर्षीय छवि कामीसङ खानेकुरा केही भएन । उनले गृहमन्त्रालयको हट्लाइन नम्बरमा फोन गरे । एकान्तकुनाको गायत्री पेट्रोल पम्प नजिकै मासिक पाँच हजार भाडा तिरर बस्दै आएका उनी न त घर जान सक्छन् । न केही गर्न । सरकारले दिने अपांगता भत्ताबाट गुजारा गरेपपन खानेकुरा सकिएपछि बाध्य भएर गृहमन्त्रालयको नम्बरमा फोन गरेको उनले बताए । प्रहरीले करिब पाँच किलो चामल, दाल दिएपनि
बन्दाबन्दी कतिदिन लम्बिने हो ? त्यो सकेपछि के गर्ने भन्ने कुराले उनलाई पिरोल्न छाडेको छैन।

कोटेश्वर बहुमुखी क्याम्पसमा १२ कक्षा अध्ययन गर्दै आएका उनले आफू जस्ता दृस्टीबबिहीनलाइ झनै समस्या परेको सुनाए। ललितपुर महानगरपालिले बिहीबारदेखि राहत वितरण सुरु गरेको भए पनि वास्तविक पीडितहरु अझै पहिचान नगरेको उनीहरुले आरोप लगाएका छन् ।