नेपालमा थप १ जनामा कोरोना संक्रमण

छैठौं व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्।

उनी गत चैत ४ गते कतार एयरवेजको जहाजबाट आएका हुन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ। पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एकजना छन्।