यौन (Sex) भनेको के हो, यौन सम्बन्धी केही रोचक तथ्यहरु

यौन शिक्षा (Sex education)

यौन (Sex) भनेको जीवात्मा प्राणी मात्रको प्राकृतिक प्रवृत्ति हो।

यौन मानव जीवनको अभिन्न अङ्ग हो। त्यसैले यौनेच्छा हुनु, यौनका कुरा सुन्दा उत्तेजित हुनु एकदम स्वाभाविक हो। मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो । सामान्यतया, यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने ईच्छालाई नै यौनेच्छा भन्न सकिन्छ। परिभाषामा केही फरक भए पनि यौनेच्छा वा यौन व्यग्रता एउटा मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्दछ । यसलाई हाम्रो मस्तिष्कले सञ्चालन गर्छ। मोटामोटीरूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। एक त endocrine system (इन्डोक्राइन सिस्टम) अन्तर्गतका रागरस वा हर्मोनहरूले त्यसको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका अनि मस्तिष्कले। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एउटा जटिल प्रक्रियाको क्रियाशीलता हो भनेर परिभाषित गर्न सकिन्छ।

यौन चाहना स्वाभाविक कुरा भएकाले यसलाई दबाउनु आवश्यक छैन। यौनेच्छा शान्त पार्ने उपायहरूमध्ये सबैजसोका लागि यौन अङ्गको घर्षण नै प्रमुख हो। यौनसम्पर्क गर्दा यौन अङ्गहरू एक-आपसमा घर्षण गराइन्छ भने हस्तमैथुन गर्दा हातले वा अन्य तरिकाबाट आफ्नो यौन अङ्गको घर्षण गराएर वा दबाब दिएर पनि यौन आनन्द तथा यौन चरमसुख प्राप्त गरिन्छ।

यौन शिक्षा (Sex education) एक विस्तृत संकल्पना हो जुन मानव यौन अङ्गहरू, जनन, संभोग अथवा रति क्रिया , यौनिक स्वास्थ्य, जनन-सम्बन्धी अधिकारहरू र यौन-आचरण सम्बन्धी शिक्षाबाट सम्बन्धित छ । माता-पिता र अभिभावक, मित्र-मण्डली, विद्यालयी पाठ्यक्रम, सार्वजनिक स्वास्थ्य जागरूकताको कार्यक्रम आदि यौन शिक्षाको प्रमुख साधन हुन ।

किशोर अवस्था र यौन शिक्षा

किशोरावस्थामा प्रवेश गरेपछि यौनसम्बन्धी विभिन्न जिज्ञासा उठ्न थाल्छन् । यस्ता जिज्ञासाहरूको समाधान कसरी पाउने भन्ने चासो सबैलाई थाहा हुन्छ तर धेरैले भन्न सक्नदैनन । किशोरकिशोरीहरूका शरीरमा विभिन्न किसिमका परिवर्तन आउन थालेपछि उनीहरूको बाह्य क्रियाकलापमा पनि कमी आउने अध्ययनले देखाएको छ । यस्तो अवस्थामा आवेशमा आएर गलत बाटोतर्फ अग्रसर हुने सम्भावना हुन्छ । यस्ता जिज्ञासाको जानकारी समयमै प्राप्त भए उनीहरू गलत दिशातर्फ जानबाट रोकिन्छन् ।

यौनका सम्बन्धमा किशोरकिशोरीहरूको जिज्ञासा कसरी समाधान गर्ने भन्ने बहस प्राचीनकादेखि नै चलिआएको छ । यौन क्रियाकलापमा बढी रुचि हुने किशोरकिशोरीहरूमा बाल्यकालमा आमा बन्ने समस्या देखापर्छ भने कम जिज्ञासाले उनीहरूमा हीनताबोध हुनथाल्छ । यद्यपि अभिभावकले किशोरावस्थामा उनीहरूको अङ्गमा आएको परिवर्तन, उनको आवश्यकता एवं मानसिक स्तरअनुसार सम्झनुपर्छ । जसले उनीहरू अझ बढी कामुक नबनून र व्यवहारिक रूपमा अघि बढून् भन्ने कुरामा विशेष सचेत हुनुपर्छ ।

व्यवहारिक ज्ञान

कुनैपनि तरिकाबाट यौनका सम्बन्धमा जानकारी दिनुपूर्व अभिभावकले किशोरकिशोरीहरूसँग मित्रवत् व्यवहार गर्नु आवश्यक छ । उमेर तथा उनीहरूसँगको सम्बन्ध तगारो नबनोस् भन्ने ख्याल राख्नुपर्छ । उनीहरूको विश्वास तपाईँप्रतिको हुनुपर्छ । मातापिताले आफ्ना किशोरकिशोरीहरूमा के—कस्ता परिवर्तन आइरहेका छन् बुझ्नुपर्छ । यदि उनीहरूले कुनै कुरा सोध्ने गरेका छैनन भने आफै सतर्क हुनु उचित हुन्छ । उनीहरू खुसी रहने, दुखी रहनु धेरे बोल्नु, कम बोल्नु, एक्लै बस्नु आदि कुरामा राम्रासँग ध्यान दिएर कारण सोध्नुपर्छ । विकल्प वा उदाहरण दिएर उनीहरूको मनमा के कुरा खेलिरहेको छ बुझ्ने प्रयास गर्नु उचित हुन्छ ।

यौनसम्बन्धी ज्ञान दिनुपूर्व यौनको आवश्यकता, महत्त्व र प्राथमिकताका सम्बन्धमा बुझाउनु पर्छ । यौनका सम्बन्धमा डर, त्रास देखाएर भ्रममा पार्नुहुँदैन । यौन शिक्षाको अर्थ संभोग कला बुझाउनु मात्र नभएर त्यससँग सम्बन्धित सबै व्यवहार परिवर्तन, आवश्यकता आदि विषयमा बुझाउनु एवं सतर्क गराउनु हो । यसो नभए गलत धारणा वा भ्रम सिर्जर्ना हुने सम्भावना रहन्छ जसले गर्दा हीन भावना बढनसक्छ र उनीहरूको आत्मविश्वास पनि घट्नसक्छ । किशोरकिशोरीहरूले यस्ता पुस्तक, इन्टरनेट, पोर्ने साइटको वा गलत संगतले यौनका सम्बन्धमा आधा, अधूरो वा गलत ज्ञान आर्जन नगरून् भन्ने विषयमा ख्याल राख्नुपर्छ । किशोरकिशोरीहरूले कस्तो चित्र हेर्छन ? टिभीमा कस्तो कार्यक्रम हेर्न रुचाउँछन् ? कस्तो चलचत्रि मनपराउँछन । इन्टरनेटको के—कस्तो साइड सर्च गर्छन ? फोनमा कोसित कस्तो कुरा गर्छन् ? कोठामा बस्दा एक्लै के गर्छन् ? राति किन अबेरसम्म बस्छन् ? आदि कुरा राम्रसँग बुझी एक्लै भएको अवस्थामा सम्झाउनुपर्छ । सबैका सामु यौनसम्बन्धी कुरा गर्दा गलत सन्देश जान सक्छ ।

मित्रता

किशोरकिशोरीलाई यौन ज्ञान दिनुपूर्व उनको मानसिकस्थिति राम्रोसँग बुझ्नुपर्छ । ज्ञान दिएको कुरा उनीहरूले कसरी बुझिरहेका छन् विचार गर्नुपर्छ । यस्तो विषयमा जानकारी दिँदा पहिले के कति जानकारी हासिल गरेका छन् भन्ने कुरा बुझ्नु जरुरी आवश्यक छ । उनीहरूले गलत कुरा सिकेका वा बुझेका छन् भने त्यसलाई बेलैमा सच्याउनुपर्छ । यस्तो बेलामा नैतिक ज्ञानको आवश्यकता पर्छ । यद्यपि यस विषयमा प्रारम्भीक जानकारी घरमै दिनु उचित हुन्छ । अभिभावकले किशोरकिशोरीहरूलाई आफ्नै किसिमले सेक्स र सेक्सुअलिटीका सम्बन्धमा भएको फरक बुझाउनुपर्छ । यौनको संवेदनशीलता बुझेर अभिभावकले उनीहरूलाई सही जानकारी दिनुपर्छ । मासिक चक्र, हस्तमैथुन, यौन व्याकुलता एवं विपरित लिङ्गीप्रतिको आकर्षणका विषयमा बुझाउनुपर्छ । यसका साथै सुरक्षित यौन सम्बन्ध, यसका लागि उचित उमेर,अवस्था, प्रि मेरिटियल सेक्स, टिनएज प्रेग्नेन्सी, प्रोर्नोग्राफी अश्लील साहित्य, गर्भनिरोधक साधन आदि विषयमा सही जानकारी दिनु आवश्यक हुन्छ ।

यौन सम्बन्धी केही रोचक तथ्यहरु

  • सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला सरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा पनि बढाइदिन्छ ।
  • एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ की त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ ।
  • पुरुषको यौनांगबाट विर्य बाहिर निस्किएसँगै विर्यमा रहेका शुक्रकिट बाहिरी वातावरणमा केही सम्म मात्र बाँच्न सक्छन् तर यदि विर्य महिलाको योनीभित्र प्रवेश गर्यो भने तीन देखि पाँच दिनसम्म बाँच्न सक्छन् ।
  •  सम्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब निकाल्नै कठीन हुन्छ । यसको कारण छ । किनकी सम्भोगका बेला सरीरमा एन्टी ड्युरेटिक अर्थात् पिसाब प्रतिरोधी हर्मोन निस्किएको हुन्छ जसले पिसाबको प्रवाह रोकिदिएको हुन्छ । त्यसको असर सम्भोगको सत्र सकिएको केही समयसम्म पनि रहिरहनछ ।
  • सम्भोगका बेला पूरै चरम आनन्द प्राप्त भएको क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा २५ प्रतिशत सम्मले बढ्ने गर्दछ ।
  • सम्भोग तनाव निवारक औषधि पनि हो । सेक्सको बेला उत्सर्जन हुने रिल्याक्सिंग हर्मोनका कारण ब्लड प्रेसर कम हुन्छ र मूड पनि राम्रो हुन्छ । त्यसैले सम्भोगले टाउको दुखेको तथा तनाव जस्ता कुरा शान्त गरिदिन्छ ।
  • अध्ययन अनुसार हप्तामा कम्तिमा पनि तीन पटक सम्भोग गर्ने मानिसहरुमा बुढोपनाले छिटै सताउने समस्या कम हुन्छ ।