‘कोरियामा कार्यरत नेपाली कामदारलाई पेन्सन दिनुपर्यो’ – श्रम मन्त्री यादव

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले दक्षिण कोरियामा रहेका नेपाली कामदारलाई पेन्सनको व्यवस्था गर्न नेपालस्थित दक्षिण कोरियाली दुतावासमार्फत आग्रह गरेका छन्।

दक्षिण कोरियाली राजदूत पार्क योङ्सिकसँग भएको भेटघाटमा मन्त्री यादबले दक्षिण कोरियामा रहेका नेपाली श्रमिकको मनोबल बढाउन र कामप्रति अझ प्रेरित गर्न पेन्सनको व्यवस्था गर्न सुझाव दिए।

कोरियाली राजदुत योङ्सिकले नेपाली कामदारमा आत्महत्याको दर बढेको भन्दै दुख व्यक्त गरे। पारिश्रमिक बढाउने र आफन्तसँगको भेटघाटलाई सहज बनाएर आत्महत्या दर घटाउने सरकारको योजना रहेको उनले बताए।

मन्त्री यादबले कोरियाका लागि नेपाली कामदारको कोटा बढाउन पनि आग्रह गरेका छन्।