स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद ९ लाख पुरस्कार दिने

काठमाडौँ – दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद ९ लाख रकम पुरस्कार दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई बोलाएर पुरस्कारको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले रजत जित्ने खेलाडीलाई नगद ६ लाख तथा काश्य जित्नेलाई तीन लाख पुरस्कारको घोषणा गरेका छन् ।

यस्तै प्रधानमन्त्रीले एक भन्दा धेरै स्वर्ण जित्ने खेलाडीलाई ११ लाख पुरस्कारको घोषणा गरे। एकभन्दा बढी स्वर्ण जितेका गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले ११ लाख पुरस्कार पाउने छन्।

फुटबल लगायत टिम गेममा स्वर्ण पदक जित्ने खेलाडीलाई भने जनही ५ लाख रुपैयाँ दिइनेछ। नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक कुल २०६ पदक जितेका थियाे।