बक्सिङमा मिनु गुरुङले जितिन् स्वर्ण पदक

काठमाडौँ – जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका लागि मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन् ।

सोमबार सातदोबाटोस्थित कराते हलमा ५४ केजी तौल समूहमा भएको खेलमा भारतकी शिक्षालाई पराजित गर्दै नेपालका लागि स्वर्ण जितेकी हुन् । यससँगै नेपालको स्वर्ण पदक सङ्ख्या ४६ पुगेको छ ।

नेपाल ४६ स्वर्ण सहित पदक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ । भारत १३४ स्वर्णसहित पहिलो स्थानमा छ ।