साग पुरुष फुटबल : श्रीलंकाविरुद्ध नेपालको पहिलो गोल

काठमाडौं – दक्षिण एसियाली खेलकदु (साग) को पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीच खेल जारी छ।

खेलको ३६ औं मिनेटमा नेपालले पेनाल्टीबाट पहिलो गोल गरेको छ। पेनाल्टीको अवसरलाई नेपालका सुजल श्रेष्ठले सदुपयोग गरेका हुन्। यो गोलसँगै नेपाल १-० ले अगाडि छ। श्रीलंकन खेलाडीले डिबक्सभित्र रफ खेलेपछि नेपालले पेनाल्टी पाएको हो। नेपालले दुई राम्रा अवसर गुमाएको पनि पेनाल्टीको सदुपयोग गरेको हो।

१३ औं सागमा नेपालको यो दोस्रो खेल हो। यसअघि नेपालले भुटानमाथि चार शून्यको जित दर्ता गर्दै तीन अंक जोडेको छ।