स्वर्ण पदक जितेपछि श्रीमानलाई अगाँलो मारेर भावुक बनिन् आयशा

काठमाडौ- १३औं दक्षिण एसियाली खेलकुद (साग)मा २९ वर्षमाथिको कराते पुम्सेतर्फबाट स्वर्ण पदक जितेपछि नेपाली खेलाडी आयशा शाक्य निकै भावुक बनेकी छन् । स्वर्ण पदक विजेता बनेसँगै खुसी साट्ने क्रममा उनका पति तथा पूर्व प्रशिक्षक दिपक विष्टसँग अंगालो मार्दै रोएकी थिइन्।

१२औं सागमा पुम्से तर्फ नेपालले स्वर्ण पदक प्राप्त गर्न असफल भएको थियो । जारी खेल सहित नेपालले पुम्सेतर्फ तेस्रो गोल्ड मेडल पाएको तेश्रो पटक हो।

सन् २०१६मा भारतमा भएको १२औं सागमा आशया रजतमा सीमित बनिन्।

त्यतिबेला उनी २ वर्षका छोराकी आमा थिइन्। आमा बनेर स्वर्ण जित्ने उनको सपना त्यतिबेला पूरा हुन सकेन। यसपटकको सागमा उनले आफ्ना दुई सन्तानका लागि स्वर्ण जित्ने लक्ष्य बनाएकी थिइन्। उनको यो लक्ष्य सोमबार पूरा भयो।

उनले तेक्वान्दोको महिला पुम्सेको ३० वर्षभन्दा माथि विधामा भारतकी खेलाडीलाई पछि पारेर स्वर्ण जितिन्। स्कोरबोर्डमा भारतीय खेलाडीलाई पछि पारेको अंक देखाउने बित्तिकै उनी भावुक बनेकी थिइन्। त्यसपछि सँगै रहेका श्रीमान् दिपक विष्टलाई अगाँलो मारेर उनी भावुक भइन्। त्यतिबेला दिपक पनि निकै भावुक देखिए।