रोए मिटर ब्याज पिडित धुरुधुरु, हेर्नुहोस दर्दनाक अवस्था ( भिडियो सहित )

गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै मधेशका जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएर  प्रदर्शन गर्दै आएको छ ।

यसैक्रममा   न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ ।

भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो । पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए ।

अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सि‌‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका हुन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो । दुवै टोली चितवनमा भेट भएर सँगै काठमाडौं आएका थिए ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरूको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरू पुनः न्याय खोज्दै काठमाडौं आएका हुन् ।

उनीहरुले आफूहरु विरुद्ध मिटरब्याजीको धरपकड नरोकिएको, फर्जी तमसुकको आधारमा जग्गा हडप्ने काम भइरहेको बताएका छन् ।

‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनजदेनभन्दा बढीको तमसुक/कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढंगले शोषणसमेत गर्ने गरेको गुनासाे रहेकोले मिटरब्याज पीडितका समस्या सम्बोधनको लागि गत चैत्र १८ गत्ते सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको थियो