झलनाथको खुलासा : कांग्रेसको विरुद्दमा समाजवादी गठबन्धन बन्ने, ओलीसँग सहकार्य नगर्ने (भिडियो अन्तर्वार्ता )

चुनाव पछि प्रचण्डनै प्रधानमन्त्री हुन्छन्: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले देशको राजनीतिक अवस्था नै विशिष्ट रहेको भन्दै कुनै एक दल सग्लो रुपमा एक्लै हिँड्नसक्ने अवस्था नभएको बताएका छन् । उनले पाँच दलीय गठबन्धनभित्र पनि कांग्रेसबाहेकको छुट्टै मोर्चा रहने बताएका छन् ।

उनले ०७४ को निर्वाचनलाई आधार मानेर नै अब गठबन्धनभित्र सिटको तालमेल हुनसक्ने बताए । नेता खनालले आफूले अहिले देशको समग्र अवस्था हेर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक इतिहास सिद्दिएको देखेको टिप्पणी गरे ।

उनले भने-“आउने निर्वाचनपछि सम्भवत: उहाँको राजनीतिक गतिविधि शून्य हुन्छ । तर, अब नेकपा एमालेका अन्य नेता र कार्यकर्ताहरुले नयाँ ढंगले सोच्न जरुरी छ । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने छ । यसको लागि सही राजनीतिक वैचारिक कार्यदिशा अघि सार्नुपर्छ ।”

भिडियो अन्तर्वार्ता हेर्नुहोस।

यो पनि