बीपी र पीएललाई बाँचुञ्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश : डा. बाबुराम भट्टराई

पुर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ‘रअ’ प्रमुख गोयलसँग सुटुक्क भेटेको चर्चाबारे प्रतिक्रिया जनाएका छन्।

पछिल्लो समय डा. भट्टराईले गोयलसँग सुटुक्क भेटेको चर्चा सामाजिक सञ्जालमा चलेको छ । चर्चित लेखक खगेन्द्र संग्रौलाले पनि बुधवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै सामन्त गोयलले बाबुरामको शरीरमा कोरोना भाइरस सल्काएको टिप्पणी गरेका छन् । प्रत्युत्तरमा डा. भट्टराईले कान नछामी कागको पछि लाग्ने देशमा सत्य र न्यायको के अपेक्षा गर्नु भन्दै जवाफ फर्काएका छन् ।

‘खगेन्द्र संग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य र न्याय, बुद्धि र विवेकको के अपेक्षा गर्नु ? भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश ! बीपी र पीएललाई बाँचुञ्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश ! अनि हामी पछि नपरे को त ?’ भट्टराईले जवाफी ट्वीटमा लेखेका छन् ।