जंगलमा फालिएको अवस्थामा बेवारिस शिशु फेला

सल्यान — शारदा नगरपालिका–२ मैसेपानीनजिकै वनमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् ।

वनमा घुम्न गएका श्रीनगरका स्थानीयले रुँदै गरेको बालक देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक झन्डै ६ महिनाजति उमेरका रहेको र नजिकै एउटा झोलासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।

आमाले बालकलाई बिहानपख छाडेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए । बालकको अवस्था सामान्यय रहेको जिल्ला अस्पतालले जनाएको छ ।