गृहमन्त्री थापाको अभिव्यक्तिप्रति कलाकार ऋचा शर्माको आपत्ति

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिप्रति नायिका ऋचा शर्माले आपत्ति जनाएकी छिन् ।

गृहमन्त्री थापाले हालै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको’ बताएका थिए । थापाको यो अभिव्यक्तिलाई लिएर ऋचाले सामाजिक सञ्जालमार्फत असहमति प्रकट गरेकी हुन् ।

शर्माले बलात्कारको विषयमा विगतमा सांसद रामनारायण विडारी, पूर्व गृहमन्त्री वामदेव गौतम र अहिलेका गृहमन्त्री बादलले दिएको अभिव्यक्तिले चिन्तित बनाएको बताएकी छिन् । ऋचाले इतिहासमा यसबारेमा लेखाजोखा हुने पनि उल्लेख गरेकी छिन् ।

१. यस्तो बेला बलात्कार भैरहन्छ – भुकम्प पछि मा. गृहमन्त्री बामदेव गौतम
२. बलात्कार पुजिवाद ले गराएको हो – निर्मला…

Posted by Reeccha Sharrma on Wednesday, September 30, 2020