प्रधानमन्त्री ओलीको अर्को कविता : बन्छ नमूना नेपाल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली मे दिवसको अवसरमा लेखेको कविता शुक्रबार सार्वजनिक भएको थियो । शनिबार फेरी वहाँको दोस्रो कविता सार्वजनिक गरिएको छ ।

२० बैशाख २०७७, शनिबार रचेको दोस्रो कविता प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ओलीको दोस्रो कविताको शीर्षक बन्छ नमूना नेपाल रहेको छ ।

स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिँदैन प्रवास
अब गर्ने देश विकास ।

खेर जान्नन् नदीनाला
बाँझा हुन्न् खेत
नाङ्गा हुन्न् डाँडापाखा
यो उर्वर सुन्दर देश ।

चट्टान काटी सुरुङ खोली
बन्छन् नयाँ बाटा
सुशासन र विकासको
चल्छन् अभियान साझा ।

बालबालिका विद्यालय
सफल अस्पताल
सबलाई सामाजिक सुरक्षा
बन्छ नमूना नेपाल ।

२ मे २०३०
२० वैशाख २०७७
– केपी शर्मा ओली