‘अन्य दल फुटाउन अध्यादेश ल्याएको’ भन्नु अपराधी बोली : लेखक खगेन्द्र संग्रौला

काठमाडौं – सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले विरोध गरेका छन् ।

विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्रि ओलीले अन्य दललाई फुटाउन विधेयक ल्याएकाे हुँ भन्नु अपराधीकाे बाेली भएको बताएका छन् ।

‘ऊ चाहे जुनसुकै दलकाे किन नहाेस्, प्रधानमन्त्री एक प्रकारले अन्य दलकाे पनि अभिभावक हाे ।’

उनले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री अन्य दलकाे पनि अभिभावक भएकाले यस्तो अभिव्यक्ति दिनुलाई गैर जिम्मेवार तथा अपराधीकाे बाेलीको संज्ञा दिएका छन् ।

उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन् :

‘ऊ चाहे जुनसुकै दलकाे किन नहाेस्, प्रधानमन्त्री एक प्रकारले अन्य दलकाे पनि अभिभावक हाे । प्रम ओलीले अन्य दललाई फुटाउन विधेयक ल्याएकाे हुँ भनेछन्। याे लाेकतन्त्रका प्रधानमन्त्रीकाे हाेइन, भँडुवा, गुण्डा, दलाल, अपराधीकाे बाेली हाे। जगत कान थापेर सुनाेस् ओली सर चिनिने अस्सली बाेली !’

सोमबारको मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश जारी भएक संगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत अन्यदलले त्यसको चर्को विरोध गरि रहेका छन् ।