देश थप संकटमा फस्दैछ, लोकतन्त्रका हत्यारादेखि सावधान ! : बाबुराम भट्टराई

काठमाडौं – प्रतिपक्षी दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रविरूद्ध गम्भीर अपराध भएको टिप्पणी गरेको छ ।

सोमबारको मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारीगरेप्रति अध्यक्ष भट्टराईले यस्तो टिप्पणी गरेको हुन् ।

‘सम्पूर्ण देश एकढिक्का भएर कोरोनाविरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो ।’

यस्त्रै उनले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर जुनसुकै पार्टी फुटाउने लक्ष्य राखेको भए पनि त्यो लोकतन्त्रविरुद्धको गम्भीर अपराध भएको बताए ।

उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन् :

‘सम्पूर्ण देश एकढिक्का भएर कोरोनाविरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो । जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्त्रविरूद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !’