काेराेना विरूद्ध नेपाली चिकित्सकहरुको दोस्रो सफलता

काठमाडौं – काेराेना भाइरस विरूद्ध नेपाली चिकित्सकहरुलाई दोस्रो सफलता मिलेको छ ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीको सफल उपचार पछि आज अस्पतालले डिस्चार्ज गरेको छ । गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । फ्रान्सबाट कतारको दोहासम्म सँगै आएको भियतनामी साथीले फोन गरेर आफूलाई संक्रमण रहेको बताएपछि परिवारका सदस्यले प्रसिद्धि श्रेष्ठलाई टेकु अस्पताल ल्याएका थिए । परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो काेराेना विरूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो ।
Corona recovered Nepal
कोरोना संक्रमण पुष्टि भएपछि उनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल उपचाररत थिइन् । यसअघि नेपालमा पहिलोपटक कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट आएका एक संक्रमित युवक उतिवेलै निको भएर घर गइसकेका थिए ।
Corona recovered Nepal
त्यसैगरी टेकु अस्पतालमा चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन्। उनी युएईबाट चैत ६ गते नेपाल आएका थिए। पछिल्लो समय नेपालमा संक्रमितको संख्या ३० पुग्दा २ निको भएका छन् ।