फ्रान्सबाट आएकी काेराेना संक्रमित युवती निको भएर डिस्चार्ज भईन्

काठमाडौं – फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ भएकी छिन् ।

उनलाई केही बेरअघि उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको छ ।

फ्रान्सबाट आएकी ती १९ वर्षीय युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Corona recovered Nepal
यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरेपनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी पनि उपचारपछि घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये २ जना निको भएर घर फर्किएका छन् ।
Corona recovered Nepal
स्वस्थ भएर अस्पतालबाट घर फर्कनुअघि कुराकानी गर्दै ती युवतीले संक्रमण भएपछि नहडबडाउन र नआत्तिन आग्रह गरेकी छिन् । आत्मविश्वास र दृढ इच्छाशक्तिले नै कोरोना भाइरसमाथि विजय पाउन सम्भव हुने बताउँदै उनले आफ्नो उपचारमा सहयोग गर्नुहुने सबै चिकित्सक र स्वास्थ्कर्मी एवं अस्पताल प्रशासनप्रति आभार व्यक्त गरेकी छिन् ।

संक्रमितमध्ये उपचारपछि निको भएकी यिनी दोस्रो नेपाली हुन् । यसअघि कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट आएका एक संक्रमित युवक उतिवेलै निको भएर घर गइसकेका थिए । यो काेराेना विरूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो ।

अहिले टेकु अस्पतालमा धादिङका संक्रमित युवा उपचाररत छन् । पछिल्लो समय नेपालमा संक्रमितको संख्या ३० पुग्दा २ निको भएका छन् ।