प्रदेश २ मा पनि कोरोनाको परीक्षण सुरु

प्रादेशिक अस्पताल जनकपुरमा कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ ।

शुक्रबाार बिहान प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको निरीक्षणपछि परीक्षण सुरु गरिएको छ । शुक्रबार दिनभरिमा ६ जना कोरोना शंकास्पद व्यक्तिको स्वाब परीक्षण गरिएको छ ।
प्रदेश २ कोरोनाको परीक्षण
तर, अहिलेसम्म उनीहरूको रिपाेर्ट आउन नसकेको प्रादेशिक अस्पताल जनकपुरका कोरोना ल्याबका निर्देशक रामविनय साहले जानकारी दिए । ‘शुक्रबार हामीले ६ जनाको स्वाब संकलन गरी जाँचको काम गरिरहेका छौँ,’ उनले भने, ‘तर अहिलेसम्म कसैको रिपाेर्ट आएको छैन ।’

कोरोना संक्रमण र रोकथामलाई ध्यान दिँदै स्वास्थ्यकर्मीको हकमा २५ लाखको बिमा र चिकित्सकको हकमा तलबको १००५, प्राविधिकको हकमा ७५५ र अन्य कर्मचारी हकमा ५०५ भता बढाइएको मन्त्री साहले बताए ।

प्रादेशिक अस्पतालमा परीक्षण सुरु गरिएको प्रयोगशालामा दैनिक १० जनासम्मको नमुना परीक्षण गर्न सकिने प्रदेश २ जनस्वस्थ्य प्रयोगशालाका ल्याब टेकनिसियन निरीक्षक युगलकिशोर यादवले जानकारी दिए ।