पत्रकार उमा सिंहको नाममा ५ लाखको अक्षय कोष

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले पत्रकार उमा सिंहको नाममा पाँच लाख रुपैयाँको अक्षय कोषको स्थापना गर्ने घोषणा गरेका छन्।

भिजिट मधेसद्वारा जनकपुरमा आयोजित एक कार्यक्रममा प्रमुख साहले शहीद पत्रकार सिंहको नाममा अक्षय कोष स्थापनाको घोषणा गरेका हुन् । उनले ‘कर्मवीर योद्धा’ उमा सिंहको नाममा अक्षय कोष स्थापना गर्ने बताउँदै पत्रकारिता क्षेत्रमा न्याय र समानताका लागि स्वतन्त्र तथा निष्पक्ष रुपमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने बताए।

प्रमुख साहले अगामी वर्षदेखि विभिन्न संघसंस्थाको सहयोगमा न्याय र समानताका लागि कलम चलाउने पत्रकारको छनोट गरी सम्मानित गर्ने जानकारी गराए ।