बाबुराम भट्टराईले ट्विटरमा आफ्नो नाम ‘नियमित हात धोऔं’ राखे

काठमाडौं – पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कोभिड-१९ विरुद्ध सचेतना फैलउन ट्विटरमा आफ्नो नाम नै परिवर्तन गरेका छन्।

कोरोना भाइरसबारे चेतनाका लागि सानो पहल भन्दै उनले ट्विटरमा नाम परिवर्तन गरेको जनाएका छन्। ‘कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं / वास योर ह्यान्ड ) राखेको छु।

विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो,’ उनले ट्वीट गर्दै नाम परिवर्तन गरेको उल्लेख गरेका छन्।