सञ्चार मन्त्रीको अडियो सार्वजनिक भएपछि ओली र प्रचण्ड छलफल गर्न बालुवाटारमा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसका लागि डिल गरिरहेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

बिहान १० बजेपछि प्रचण्ड बालुवाटार पुगेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार गएराति सार्वजनिक भएको अडियो र यसबारे आगामी कदमका सम्बन्धमा छलफल भइरहेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घूसका लागि डिल गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।

उक्त अडियो सार्वजनिक भएपछि बाँस्कोटालाई तत्काल राजीनामा दिन लगाउन नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दबाब बढेको छ ।