सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार, यसरी भोट गर्न सकिन्छ

काठमाडौं – विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल भारतका विभिन्न सहरमा जारी छ । हालसम्म ३० खेल सकिँदा अंक तालिकामा चेन्नई शीर्षस्थानमा छ ।

हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।

यस सिजनमा इमरर्जिङ प्लेयर अवार्डमा सन्दीप सहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर,राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । यी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भएको छ ।

आईपीएलको आधिकारीक वेवसाईटमा गएर भोट गर्न सकिन्छ । गत वर्ष यो अवार्ड ऋषभ पन्तले पाएका थिए ।