किरण चेम्जोङले माल्दिभ्सको क्लब सँग गरे चार बर्षको नयाँ सम्झौता

काठमाडौं – माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्टस्ले नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङको सम्झौता थप नविकरण गरेको छ । फुटबल साईट गोलनेपालका अनुसार किरणले टिसी स्पोर्टस्सँग चार बर्षको नयाँ सम्झौता गरेका छन् ।

गत सिजन क्लबलाई धिवेही प्रिमियर लिगको उपाधि जिताउन अहम भूमिका खेलेका किरणले लिगको उत्कृष्ट गोलरक्षकको पुरस्कार समेत जितेका थिए । सम्झौता नवीकरणसँगै टिसी स्पोर्टस्सँग किरणको तेस्रो सिजन समेत हुनेछ ।

माल्दिभ्समा आउँदो जुन महिनादेखि नयाँ सिजन शुरु हुँदैछ । गोलनेपालका अनुसार क्लब र किरणबीचको आर्थिक सम्झौता रकमबारे भने खुलाइएको छैन ।