बक्स अफिसमा ‘तानाजी’को बम्पर व्यापार

काठमाडौं – बलिउड अभिनेता अजय देवगणको लगानीमा निर्माण भएको सिनेमा ‘तानाजीः द अनसंग वारियर’ले दोस्रो सातामा पनि बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ ।

‘वर्ड अफ माउथ’ बलियो भएका कारण प्रदर्शनको दिनदेखि नै आक्रामक व्यापार गरिरहेको सिनेमाले दुई सय करोडको आँकडा पार गर्ने छनक देखाएको छ । दर्शकले अजयको करिअरको महत्त्वपूर्ण सिनेमालाई यादगार बनाएका छन् ।

पहिलो सातामा १ सय १८ करोड ९१ लख भारु कमाई गरेको सिनेमाले दोस्रो साताको शुक्रबार १० करोड ६ लाखको कारोबार गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । दोस्रो साताको शनिबार १६ करोड ३६ लाख र आइतबार २२ करोड १२ लाख भारुको व्यापार गर्दै इतिहास रच्न सफल भएको हो । ‘तानाजी’ले दश दिनमा १ सय ६७ करोड ४५ लाख भारु कमाई गरेको छ । भने, सोमबार पनि सिनेमाले आठदेखि दश करोडको बिचमा व्यापार गरेको अनुमान बलिउड मिडियाले गरेका छन् ।

ओम राउत निर्दे्िशत ‘तानाजीस् द अनसंग वारियर’ मा अजय देवगनका अलवा काजोल र सैफ अली खान र नेहा शर्मालगायतका कलाकारको प्रमुख भूमिका छ । सिनेमा सत्रौं शताब्दिका मराठा योद्धा तानाजी मालुसरेको जीवनमा आधारित छ । सिनेमामा खलनायकको भूमिकामा देखिएका सैफको ‘रेस २’पछि सय करोड क्लबमा पुग्ने पहिलो सिनेमा हो । काजोल अभिनित ‘दिलवाले’ले यसअघि एक सय करोड क्लबमा प्रवेश गरेको थियो ।