‘गूड न्यूज’को बक्स अफिसमा आक्रामक कमाइ

अक्षय कुमार, करीना कपूर, कियारा आडवाणी तथा दिलजीत दोसाँझ अभिनित चलचित्र ‘गूड न्यूज’ ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ ।

रिलिज भएको २३ दिनसम्म पनि आक्रामक व्यापार गरेकोमा यस चलचित्रको चर्चा थप चुलिएको छ । यस चलचित्रले २३ औं दिन शनिवार पनि २ करोड रुपैयाँ व्यापार गरेको छ । यस चलचित्रले हालसम्म २०२.१० करोड रुपैयाँ कमाएको छ ।

यससँगै अक्षय कुमारको चलचित्र २०० करोड रुपैयाँको क्लबमा प्रवेश गरेको छ । चलचित्रले शुक्रवार २ करोड रुपैयाँ कमाएको थियो ।