रोनाल्डो प्लेयर अफ द मन्थ

एजेन्सी – पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो डिसेम्बर महिनामा युभेन्टसको प्लेयर अफ द मन्थ बनेका छन् ।

डिसेम्बर महिनामा ६ खेलमा ६ गोल गरेका ३४ वर्षीय रोनाल्डोलाई क्लबले सो महिनाका उत्कृष्ट खेलाडी घोषणा गरेको हो । २०१९ को डिसेम्बर महिना रोनाल्डोले राम्रो खेलेका थिए । उनले हावामा उडेर गरेको हेडर गोल उत्कृष्ट थियो ।

उनको सो गोललाई समर्थकले ‘एयर सीआरसेभेन’ उपनाम दिएका थिए । यस्तै नयाँ वर्षको सुरुआतमा उनले एउटा ह्याट्रिक गरेका थिए । यो सिजन उनले युभेन्टसका लागि २३ खेलबाट १६ गोल गरेका छन् । यस्तै रोनाल्डोले २ असिस्ट पनि गरेका छन् ।