नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं – बुधबार नेप्से सूचक १० दशमलव ११ अंकले बढेर १ हजार १ सय ६१ दशमलव ४७ विन्दुमा कायम भएको छ । दोहोरो अंकले शेयर बजार सुधार हुँदा ५५ करोड १३ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

बुधवार नेप्से सूचक १० दशमलव ११ अंकले सुधार भएर १ हजार १ सय ६१ दशमलव ४७ विन्दुमा कायम भएको छ । १ सय ७३ वटा कम्पनीको कारोबार हुँदा १ सय २४ कम्पनीको मूल्य बढेको छ भने १६ वटाको मात्रै घटेको हो । शेयर बजारमा १ सय ७३ वटा कम्पनीको कारोबार हुँदा १ सय २४ कम्पनीको मूल्य बढेको छ भने १६ वटाको मात्रै घटेको हो ।

दोहोरो अंकले शेयर बजार सुधार हुँदा ५५ करोड १३ लाख रुपैयाँको खरिद बिक्री भएको छ। केही दिन देखि बजारमा सुधार हुँदा लगानीकर्ताको सहभागिता बढ्दै गएको छ। बजारमा सुधार हुँदा पनि खासै कारोबार रकममा सुधार हुन सकेको देखिदैन । उत्पादन तथा प्रसोधन बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ। बजार सुधारको संकेतसँगै ५ वटा कम्पनीको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ।

बुधबार २० कित्ता मात्रै कारोबार भएको युनिलिभरको शेयर मूल्य प्रति कित्ता ७५२ रुपैयाँले घटेर १८ हजार २६१ रुपैयाँमा खरिद बिक्री भएको छ। सात दिन देखि लागतार शेयर बजार बढ्दा नेप्से सूचक झण्डै ५० अंकले सुधार भएको छ ।