विधान संशोधन गर्ने नेकपाको निर्णय, वामदेव उपाध्यक्ष बन्ने बाटो खुल्यो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबार पार्टी कार्यालय धुम्बराहीमा बसेको सचिवालय बैठकले विधान संशोधन गरी नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने बाटो खुलाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले पार्टीमा उपाध्यक्षको व्यवस्था हुनेगरी विधान संशोधन प्रस्ताव अघि बढाएको हो । यस्तै, सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ । यसअघि स्थायी कमिटीले गरेको निर्देशन र सविचालय बैठकले गरेका निर्णहरुलाई बल पुग्ने गरी विधान संशोधनको तयारी पार्टीले गरेको हो ।

सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठका अनुसार २९ गते स्थायी कमिटीकाे बैठक बोलाइएको हो । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो ।