कालापानीबारे कुरा गर्न प्रचण्ड भारत जान तयार

काठमाडौं – कालापानीको विषयमा भारतले उच्च तहमा छलफल गर्ने प्रस्ताव गरेपछि सरकारले कस्लाई पठाउनेबारे नामको खोजी भइरहेको छ । उच्च राजनीतिक तहमै भारतले छलफल गर्ने चाहना राखेपछि देशभित्र उपयुक्त राजनीतिज्ञको खोजी भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण अस्पतालमा छन् । उनले भारतसँग छलफलमा भाग लिन स्वास्थ्यले दिदैन । त्यसैले ओलीले नै नेकपा विदेश विभाग प्रमुख समेत रहेका माधवकुमार नेपाललाई भारत पठाउनका लागि प्रस्ताव गरे । तर, नेपालले मेसेडोनिया जानुअघि फर्किएपछि कुरा गरौंला मात्र भने । नेपाल जान नचाहेको बुझाईका आधारमा ओलीले नयाँ व्यक्ति खोजे । उनले नेकपा अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डसँग गम्भीर छलफल गरे ।

प्रचण्डलाई भारत भ्रमणमा जान भने । स्रोतका अनुसार प्रचण्डले भारतबाट निम्तो आएमा आफू जान तयार भएको बताएका छन् । भारतीय पक्षबाट औपचारिक निम्तो आएका प्रचण्ड नै भारत जाने बुझिएको छ । निम्तो आएका प्रचण्डको उच्च राजनीतिक तहमा भेटघाट समेत हुनेछ । विशेषगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहका अलावा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेट हुने अवस्था बन्छ ।

प्रधानमन्त्री ओली तत्काल भारत जान स्वास्थ्यले नदिने अवस्थाका कारण पनि प्रचण्डको विशेष परिस्थितिमा भारत भ्रमणको सम्भावना बनेको छ । भ्रमण भएमा उनले कालापानीको विषय र नयाँ नक्शामा भारतले कालापानी देखि लिम्पियाधुरासम्मलाई आफ्नो राजनीतिक भूगोलमा राखेकोबारे नेपालको धारणा र समस्या समाधानबारे छलफल गर्ने बुझिएको छ ।