धरानलाई भ्रष्टचारमुक्त बनाउने नवनिर्वाचित मेयर तिलक राईको प्रतिबद्धता

धरान – धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले बुधबार पदभार सम्हालेका छन् । गत शनिबार सम्पन्न उपमहानगरपालिकाको उपनिर्वाचनमा निर्वाचित भएका उनले भ्रष्टचारमुक्त गरि समृद्ध धरान निर्माणमा आफू लागिपर्ने बताए ।

पदभार सम्हाल्नु अघि मेयर राईले धरान १६ स्थित गणेशमान सिंहको शालिक र धरान १९ स्थित धरानका पूर्व मेयर तारा सुब्बाको शालिकमा माल्यार्पण गरे। त्यसपछि उपमहानगरपालिका आएर पदभार ग्रहण गरे । उनले सचारकर्मीसँग कुरा गर्दै चुनावी प्रचारप्रसारको समयमा बनाइएका चुनावी एजेण्डालाई अक्षरस पालाना गर्ने बताए। उनले भने,’ चुनावी एजेन्डका वस्तुमाथि खरो रुपले उत्रिन्छु। तर त्यसमा स्थानीयको दरो सहयोग रहनुपर्छ।’

उनले धरानको बसपार्क निर्माण, विमानस्थल निर्माणको काम तत्काल अगाडी बढाउने बताए। उनले सर्दु जलाधारको संरक्षण गरि अधुँरो रहेको खानेपानी आयोजनाको चाँडै सम्पन्न गरि धरानवासीलाई प्रर्याप्त खानेपानी उपलब्ध गराउने बताए। मेयर राईले धरानमा यस अगाडी गरिएका राम्रा कामलाई निरन्तरता दिँदै नराम्रा कामलाई सुधार गर्दै अगाडी बढाइने बताए। उनले यस अगाडिका जनप्रतिनिधिले वृद्धि गरेको कर लाई घटाउने बताए।

उनले धरान उपमहानगरपालिकामा हुने भ्रष्टचारको अन्त्य गरी आर्थिक पारदर्शितामा जोड दिने बताए । धरानको विकासलाई प्रभावकारी रुपमा अगाडी बढाई समृद्ध बनाउन यहाँको पर्यटन प्रवर्दन र खेलकुदका कार्यक्रमलाई उच्च प्रथामिकतामा राख्ने मेयर राईले प्रतिबद्धता जनाए। उनले शिक्षा, स्वास्थ्य र कृषिमा आधुकिरण गरि धरानमा दीर्घकालिन रुपमा रहेको सुकुम्बासी बस्तीको व्यवस्थापान गर्ने बताए ।

राईले स्थानीय सरकार संचालनमा सरकार र प्रतिपक्ष नहुने भएको भन्दै सबै जनप्रतिनिधिसँग मिलेर काम गर्ने पनि बताए।उनले आफ्नो कार्यकालमा धराने जनताको शीर उच्च हुनेगरि काम गरेर सुन्दर धरानको समृद्धिका लागि नयाँ कामको थालनी गर्ने उनको रहेको सुनाए।

२०७५ सालसाउन १ गते धरानका तत्कालिन मेयर तारा सुब्बाको निधन भएपछि रिक्त रहेको मेयरको उपनिर्वाचनमा राई कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन्। तिलकले नेकपा उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मत अन्र्तरले पराजित गर्दै मेयर बनेका हुन्।तिलकले २६ हजार २६ हजार ७ सय ९ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्धन्दी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरे ।