प्रचण्ड चीन जाने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल छिट्टै चीन जाने भएका छन्। नेपाल–चीन मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दाहालले आफू चाँडै ने चीन भ्रमणमा जान लागेको जानकारी दिए।

चिनियाँ कम्युनिस्ट पार्टीको चाहनाअनुसार आफू त्यहाँ जान लागेको दाहालले बताए। ‘चिनियाँ पक्षले मेरै नेतृत्वमा नेपाली टोली भ्रमणमा आओस् भन्ने चाहना राखेको छ,’ दाहालले भने, ‘त्यसका लागि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा आइसकेको छ।’

दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फरकफरक सन्दर्भमा आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै उनीसँग एक खालको सम्बन्ध बनिसकेको बताए। उनले चीनसँग आफ्नो जनस्तरको सम्बन्ध पनि बनिसकेको बताए। नागरिक दैनिकबाट