स्युचाटारमा शनिबार ५ घण्टा बिजुली बन्द हुने

काठमाडौंको स्युचाटार सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै आएको बिजुली शनिबार (भदौ २ गते) पाँच घण्टासम्म अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सितापाइला, बाफल, बलम्बु, खड्कागाउँ (थानकोटसहित), हसनटार, कालिमाटी, कलंंकी र रोपवे फिडरबाट आपूर्ति हुँदै आएका स्थानमा शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने भएको हो ।

स्युचाटार सबस्टेसनको विद्यमान १३२ केभी मुख्य बसावार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ ।

हाल लप्सीफेंदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले विद्यमान टेकु सबस्टेसन स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइनलाई ३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको छ । सोही कारण १३२ केभी बसबार बन्द हुने भएकाले टेकु, बालाजु, के टु, के थ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरुमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।