रास्वपा सांसद र दुर्गा प्रसाईं बीच २ करोड मागेको अडियो सार्वजनिक , पहिलोपटक बोले रवि (भिडियो )

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई बुझाउनुपर्ने भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।

सांसद श्रेष्ठले  भनेका छन्, ‘मन्त्री पनि बन्नुपर्‍यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो ।’

अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने बताएको छ । सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनेको र ७२ घण्टा भित्र छानबिन सम्पन्न गर्ने पार्टीका सभापति रवि लामिछानेले घोषणा गरेका छन् ।

रास्वपा सांसद र दुर्गा प्रसाईं बीच २ करोड मागेको अडियो सार्वजनिक , पहिलोपटक बोले रवि (भिडियो )

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले भने आफूमाथि नियोजित षडयन्त्र भएको आरोप लगाएका छन् । दुर्गा प्रसाईँसँग फोन सम्वाद गरी २ करोडको बार्गेनिङ गरेको अडियो बाहिर आएलगत्तै सांसद श्रेष्ठको निजी सचिवालयले आइतबार एक विज्ञप्ति जारी गरी फोन सम्वादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठका नभएको बताउँदै सो अडियो सांसद श्रेष्ठको राजनैतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र भएको आरोप लगाएको हो ।