सर्वोच्चको आदेश, ‘विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने आदेशको रुपमा बुझेँ ’ : प्रचण्ड

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू विरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले  दिएको आदेशलाई  विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने आदेशको  रुपमा बुझेको र अदालतको आदेशले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन समेत मद्दत गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यो आदेशले बाहिर प्रधानमन्त्री केही हुन लागेको हो कि भनेर तरंग पैदा भएको बताए । ‘म विल्कुल चिन्तित थिइनँ’, उनले भने, ‘विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने आदेश बुझेँ मैले ।’