रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरको १ करोड ५० लाख

चितवनको भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउण्डेशनलाई थप १ करोड ५० लाख सहयोग गरेको छ ।

आईतबार महानगर प्रमुख रेणु दाहालले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेश धुर्मसलाई चेक हस्तान्तरण गरिन् ।

महानगरपालिकामा आयोजित समारोहमा मेयर रेणु दाहालले रंगशाला निर्माण अभियानका संयोजक सीताराम कट्टेल –धुर्मुस)लाई सो रकम हस्तान्तरण गरेकी हुन् । ‘क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका बाट आज धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख थप सहयोग प्रदान गरिएको छ’ मेयर दाहालले भनिन् ।

कोरोना महामारीका बावजुद रंगशाला निर्माणको काम भइरहेको छ । यसअघि बाग्मती प्रदेश सरकारले रंगशाला निर्माणका लागि ३ करोड रुपैया दिने निर्णय गरेको थियो ।