४५ वर्षपछि महावीरले पाए दशैंमा नयाँ लुगा

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रमुख महावीर पुनले ४५ वर्षपछि दशैंमा नयाँ कपडा किनेका छन् ।

आइतवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले ४५ वर्षपछि दशैंमा नयाँ कपडा किनेको बताएका हुन् । उनले दशै‌ंमा नयाँ सूट किनेको भन्दै जीवनकालको यो दोस्रो सूट भएको समेत बताएका छन् । दशैमा नयाँ लुगा पाए पनि उनले जुत्ता भने नयाँ लगाएका छैनन्। नयाँ कोट पाइन्टमा छ वर्ष पुरानो जुत्ता लगाएको पुनले बताए।

महावीरले साथीहरूलाई अबदेखि नयाँ लुगा लगाएन भनेर कचकच नगर्न पनि आग्रह गरेका छन्।

‘धेरै साथीहरूले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो। अब कचकच गर्ने साथीहरू चुप लाग्नुहोस्,’ उनले भनेका छन्, ‘नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको वाचा पूरा गरें।’

उनले नयाँ कोट पाइन्ट आफैंले किनेको वा अरू कसैले उपहार दिएको हो भन्नेबारे खुलाउन चाहेका छैनन्।

यस्तो छ उनको स्टाटस :