सरकारलाई विप्लवको कडा चेतावनी

काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता कार्यकर्तामाथिको घरपकड बन्द नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ। नेकपाका महासचिव विप्लवले शनिबार विज्ञप्तिमार्फत सरकारी रवैयाको कडा विरोध गर्दै नेता कार्यकर्ताको रिहाइको माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक फासिवादी केपी—प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै आएको उत्कृष्ठ संविधानको बर्खिलाप गएर प्रतिबन्ध लगाएदेखि नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर चरम याताना दिइराखेको छ। सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं।’ यदि सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसकाविरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं ।

सरकारले विप्लवको नेकपाका गतिविधिर्मा फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ। त्यसपछि उक्त पार्टीका सयौं नेता कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ।