थप ९ जनामा कोरोन संक्रमण, जम्मा संख्या ३०४ पुग्य

काठमाडौं – थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार बिहान ८ः४५ बजे अध्यावधिक गरेको विवरणअनुसार रौतहट र बाराका थप ९ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमा रौतहट, इशनाथ नगरपालिका २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुषहरू र रौतहट माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी बारा, करैयामाई–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।