नेकपा विवादबारे छलफल गर्न सचिवालय बैठक बालुवाटारमा शुरू

त्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ ।

अपराह्न ४ बजेका लागि तोकिएको बैठक सरेर साढे ५ बजे शुरू भएको हो । ४ बजेलाई बोलाइएको नेकपाको सचिवालय बैठक साढे ५ बजेलाई सारेर प्रधानमन्त्री केपी ओलीले सचिवालय सदस्यहरु बामदेव गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नु भएको थियो । राष्ट्रपतिसँगको भेट लगत्तै प्रधानमन्त्रीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका छन्

नेकपाभित्र चलेको विवादबारे छलफल गर्न शनिवार बैठक आह्वान गरिएको थियो । गत बुधवारको बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि शनिवारसम्म बैठक स्थगित भएको थियो ।